नेपाल प्रहरीमा चार रिक्त एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा सन्दीप भण्डारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस गरेको हो ।

जसमा पहिलो नम्बरमा सन्दीप भण्डारीको नाम समावेश छ भने त्यसपछि क्रमशः सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम समावेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?