दुग्ध बोर्ड खारेजीको बचाउ गर्दै कृषिमन्त्री

Read Time = 4 mins

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको बचाउ गर्नुभएको छ । आइतबार नेपाल डेरी एसोसिएसनद्वारा आयोजित ‘डेरी दर्पण’ विमोचन कार्यक्रममा बोल्दै उहाँले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो, उद्देश्यअनुसार काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताउनुभएको हो । तथापि मन्त्री भुसालले सरकार दुग्ध क्षेत्रको विकासकै पक्षमा रहेको र बोर्ड पुनःसंरचना गर्नमात्रै खोजेको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले दुग्ध क्षेत्रको विकास गर्न नचाहेको भए मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? बोर्ड खारेज हुँदैमा डेरी व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । तर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र रहेकाले एकमात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अबिलम्ब रोक्न माग गर्नुभयो । कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद, बोर्डका डा. राजेन्द्रप्रसाद यादव, पशु सेवा विभागकी महानिर्देशक सम्झनाकुमारी काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, उपाध्यक्ष भगिरथ तिमल्सिना, महासचिव राम आचार्य, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, भेटेरिनरी एसोसिएसन अध्यक्ष रामकृष्ण खतिवडा, डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडिया, बोर्डका उपकार्यकारी निर्देशक बालक चौधरीलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा महासंघअन्तर्गत वस्तुगत संघका निर्वाचित पदाधिकारी एवं कार्यकारिणी सदस्यलगायत कृषि उद्यम केन्द्रका सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वस्तुगत संघका उपाध्यक्ष एवं सदस्य हेमराज ढकाल, अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, मनोज अधिकारी, नानीराज अधिकारी, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली, सुबोधकुमार गुप्ता रहेका छन् । त्यस्तै, डिबी बस्नेत, राजकुमार कार्की, दिनेश पराजुली, प्रल्हाद दाहाल, मनोजकुमार चापागाईं, खोजराज कटुवाललगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?