प्रधानमन्त्री देउवाको चुनाव खर्च : मञ्च व्यवस्थापनमा २ लाख ३० हजार, अन्यमा ७ लाख १५ हजार ५ सय

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । डडेल्धुरामा प्रत्यक्ष तर्फ २० मध्ये १४ जनाले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधि सभा तर्फ क्रमश: नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार बिक्रमबहादुर शाहीले २ लाख २ हजार १९०, राप्रपा उम्मेदवार गोबिन्द खडायतले ४ लाख ४० हजार र नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु भएको हो ।

यस्तै द्ई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेश सभा तर्फ स्वतन्त्र उम्मेदवार तेजबहादुर कठायतले २० हजार, नेकपा एमालेका उम्मेदवार गजेन्द्र शाहीले ८ लाख, स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशीले ३ लाख १९ हजार, स्वतन्त्र उम्मेदवार नवराज धिक्तले ६६ हजार २५०, जसपा उम्मेदवार नरभान पवार्कीले ५० हजार, राप्रपा उम्मेदवार खेमराज पनेरुले ४ लाख ५० हजार, स्वतन्त्र उम्मेदवार धन बहादुर बोहराले १ लाख ६६ हजार ९सय, र राप्रपा उम्मेदवार पदमराज जोशीले ३ लाख ३५ हजार रुपैयाँ निर्वाचनमा खर्च भएको जनाउनु भएको छ ।
निर्वाचन खर्च बुझाउने उम्मेदवारहरुमा कर्ण बहादुर मल्ल, गजेन्द्र शाही, तारा प्रसाद जोशी, बिक्रम शाही, गोबिन्द बोहरा र धन बहादुर बोहरा गरि ६ जनाले बैंकिङ कारोबार भएको विवरण बुझाउनु भएको छ । अरुले नगद कारोबार भएको निर्वाचन कार्यालयमा पेश गरिएको कागजातमा उल्लेख गरिएको कार्यालयले जनाएको छ ।

मंगलवार सम्मको तथ्यांकमा निर्वाचनमा भएको खर्च बुझाउनेमा प्रतिनिधि सभा तर्फ कर्ण बहादुर मल्ल पहिलो र प्रदेश सभा तर्फ तेज बहादुर कठायत पहिलो विवरण बुझाउने उम्मेदवार रहनु भएको छ भने प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका प्रत्यक्ष र समानुपातिक तर्फका विवरण्न नबुझाएका अन्य उम्मेदवारले निर्वाचन निर्देशिका २०७९ को दफा ८०, उपदफा २ र ३ बमोजिम अनुसूचि ४०को ढाँचामा निर्वाचन परिणाम अन्तिम घोषण भएको ३० दिन भित्र आयोगद्वारा स्वीकृत ढाँचामा आचार संहिताको परिपालना गरेको तोकिएको विषयमा पेश गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

हरेक राजनीतिक दलबाट बन्द सूचिमा रहेका समानुपातिक उम्मेदवारहरु मध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाउनु भएको छ ।

आयोगले मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनका लागि प्रतिनिपिध सभा सदश्यका लागि ३१ लाख र प्रदेश निर्वाचन क्षेत्रमा डडेल्धुराको क मा १९ लाख र ख मा २१ लाख प्रत्यक्ष तर्फका उम्मेदवारका लागि खर्च सिमा तोकेको थियो ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?