हजारको नक्कली नोटसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पर्सा । वीरगन्ज महानगरपालिका-११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका-३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको थियो ।

उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?