मनकामनालाई फुटसल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मनकामना फुटसलले दोस्रो एसइइ फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउन्डमा भएको खेलमा क्रिजल फुटबल क्लबलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ हात पारेको छ ।

मनकामनाका विवेक श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा क्रिजलका सञ्जय स्याङ्तान उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँहरूले समान दुई हजार रुपैयाँ प्राप्त गर्नुभयो । यी खेलाडीले सेक्रेड हार्टमा पढ्न चाहेमा ११ र १२ कक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । राजन मेमोरियलले फेयर प्ले अवार्ड हात पारेको छ ।

विजयी टोली तथा खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा र सेक्रेड हार्ट स्कुलका प्रिन्सिपल बद्रीनाथ भट्टलगायतले पुरस्कृत गर्नुभयो । विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले विद्यार्थीको चौतर्फी विकासका लागि सेक्रेड हार्ट स्कुल सदैव सहयोगका लागि तयार रहेको बताउनुभयो ।

लिग कम नकआउटका आधारमा साउन ५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?