मानव कर्म र आयुु

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

मानिस कर्ममा विश्वास गर्ने प्राणी हो । कर्मले नै मानिसलाई महान् बनाएको हुुन्छ । त्यसैले भनिन्छ मानिस कर्मको पुुञ्ज पनि हो । कर्मको विश्वासमा अडेको मानिसलाई उसका कर्मले संसारमा चिनाएको हुुन्छ । यसका साथै उसको आयुु निर्धारण बाहिर आएको हुुन्छ । मानिसका कर्म र त्यसले निर्धारण गर्ने आयुुलाई कर्मको उपयोगिता मानिएको पाइन्छ । मानिस निरन्तर कर्ममा सक्रिय भएर अघि बढ्ने प्राणी हो । उसले गर्ने कर्मले नै जीवनका हरेकपललाई जीवन्त बनाएर पठाएको हुुन्छ ।

मानवीय कर्मका आधारमा नै मानिसका गुुण र दोषको लेखाजोखा हुने गरेको पाइन्छ । कर्मको जीवन्तता मानवीय चेतनाको आविष्कार पनि हो । मानिसका कर्मले उसको जीवनवृत्तलाई र जीवनका भोगाशालाई बाहिर ल्याउने गरेको हुुन्छ । त्यसैले भनिएको पनि छ कर्म गर फलको आशामा आफूूलाई समर्पित नगर ।

आयुु र मानिस :
आयुु मानिसले पूूर्वजन्मबाट लिएर आएको हुुन्छ । उसका कर्मबाट नै आयुु निर्धारण हुने कुरालाई महाभारतमा उल्लेख गरिएको छ
आचारल्लभते हृयायुराचाराल्लभते श्रियम् ।
आचारात् कीर्तिमाप्नोति पुरुषः प्रेत्य चेह च ।।
सदाचरबाट मानिसको आयुु, सम्पत्ति यो लोक र परलोकमा समेत कीर्ति प्राप्ति हुने गर्दछ । यो मानिसको आयुुमा आउने स्वभाव हो । आचारवान् मानिसलाई जीवन्त बनाउन उसले निर्वाह गर्ने कर्म नै आधार बनेर आएका हुुन्छन् । आचारबाट बाहिर आउने आयुु र त्यसले कर्ममा पार्ने असरलाई जुन तरिकाबाट व्याख्या गरियो त्यो मानिसमा विद्यमान कर्मको आधार हो । सदाचारबाट मानिसको आयुुमा आउने परिवर्तन र त्यसले निर्वाह गर्ने कर्मलाई जसरी परिभाषित गरियो त्यसमा मानिसको आयुुमा क्षीणता पनि आउने कुरालाई उल्लेख गरिएको छ ।

मानिसले जस्ता कर्म गरेर जीवनलाई व्यतीत गरेको हुुन्छ त्यसरी नै आयुुको निर्धारण हुने कुुराको सङ्केत महाभारतमा पाइन्छ । कर्मको मर्मले आयुुलाई जुन तरिकाबाट बाहिर ल्याइएको छ दुराचारले मानिसको आयुमा देखिने परिवर्तन कारण मानिएको छ । कर्मसित आयुु जोडिने भएकाले सत्कर्मले आयुु वृद्धि र असत् कर्मले आयुु क्षीण हुने कुरालाई स्पष्ट उल्लेख गरिएको छ ।
दुराचारो हि पुरुषो नेहायुुर्विन्दते महत् ।
त्रसन्ति यस्माद् भूतानि तथा परिभवन्ति च ।।
समस्त प्राणी दुराचारी मानिसबाट डराउने गर्दछन् । उसबाट तिरस्कार हुने गर्दछन् । त्यस किसिमका मानिसले यो संसारमा लामो आयुु प्राप्त गर्दैनन् । यहाँ आयुुको सम्बन्ध मानिसका कर्मबाट लिइएको छ । मानिसले गर्ने कर्मले उसको आयुु निर्धारित गरिएको पाइन्छ । मानिसका कर्ममा देखापर्ने आधार र त्यसले व्यक्त गर्ने भावनाको स्वरूप जसरी बाहिर आएको छ त्यसमा नै मानवीय कर्म आधार बनेको हुुन्छ ।

संसारमा सर्वश्रेष्ठ प्राणीका रूपमा मानिसलाई लिने गरिएको छ । मानिसका कर्मले उसलाई उत्तम बनाएका हुुन्छन् । उसका कर्मले नै अनुुत्तम पनि । जीवनमा गरिने कर्मबाट च्यूत भए पनि उसका कर्मको निर्धारण प्रक्रियामा मानिसका गुुणहरू बाहिर आएका हुुन्छन् । सबै लक्षणले हीन भए पनि सत्य आचरणमा निरत रहने मानिसको आयुुमा सदा जीवन्त रूप देखिएको हुुन्छ । उसका कर्म र उसले निर्वाह गर्ने भूूमिकाले उसको जीवनलाई आयुुसित आधार बनाइएको छ ।
अक्रोधनः सत्यवादी भूतानामहिंसकः ।
अनसूूयुुरजिहृयश्च शतं वर्षाणि जीवति ।।
क्रोधहीन, सत्यवादी, कुनै प्राणीको हिंसा नगर्ने, अदोषदर्शी र कपटशूून्य मानिसको आयुु सय वर्षको हुने गर्दछ । यहाँ मानवीय कर्म नै आयुुको आधार बनेर आएको देखिन्छ । कर्मका आधारमा आयुुको निर्धारण गर्ने परम्परा हाम्रा धर्मग्रन्थहरूमा पाइन्छ । कर्मका माध्यमबाट आफ्नो आयुलाई जीवन्त बनाएको हुुन्छ मानिसले । त्यसैले आयुु नै उसको केन्द्रबिन्दुु हो जीवनका लागि । मानिसको आयुुमा उसका कर्म र उसले व्यक्त गर्ने भावको अवस्थालाई जोडेर हेरिएको छ । शास्त्रले आहार र आयुुको निर्धारण गरेको भए पनि आयुुमा मानवीय कर्म नै केन्द्र बनेर उपस्थित भएका छन् ।

गर्ने कर्म :
कर्मको पुुञ्ज मानिसलाई कतिपय काम जानेर वा नजानेर गर्नुुपर्ने देखिन्छ । उसका कर्मले नै जीवनमा आफूलाई जीवन्त बनाउने हुनाले कर्मप्रतिको विश्वास र आस्थालाई सदा जीवन्त बनाउनु्ुपर्ने आवश्यकता मानिसमा देखिएको छ । बाटोमा हिँड्दा पनि आफूले गर्ने भाव र कर्मलाई यसरी बताइएको छ ।
पन्था देयो ब्राहृमणाय गोभ्यो राजभ्य एव च ।
वृद्धाय भारतप्ताय गर्भिण्यै दुुर्बलाय च ।।
बाटामा ब्राहृमण, गाई, राजा (शासक), वृद्ध पुुरुष, गर्भिणी स्त्री, दुर्बल मानव, भारी बोकेको मानिस आए भने आफू हटेर तिनीहरूलाई बाटो दिनुुपर्दछ । यी कामले मानिसमा मानवीय भावनाको विकास एक अर्काप्रतिको सद्भाव बाहिर आएको हुुन्छ । दीनदुुःखीप्रति सदभाव र कर्मप्रतिको सचेतता नै मानिसका लागि सबैभन्दा उत्तम उपाय मानिएको छ । मानिसका कर्मले उसको जीवनलाई सक्रिय र निष्क्रिय बनाउने हुुनाले उसका कर्मको भाव जीवनको उपलब्धि मानिएको छ ।

मानिसका लागि तोकिएका कर्म उसको जीवनका आधारभूमि हुुन् । यी आधारमा टेकेर नै मानिस सदा जीवन्त बनेको हुुन्छ । कर्मका आधारमा शास्त्रले मानिसलाई वर्गीकरण गरेको छ । त्यसैले कर्म नै मानिसका लागि सबैभन्दा गतिलो उपाय मानिएको छ । कर्मप्रतिको आस्था र विश्वासमा जीवन्त बन्ने मानिसका लागि कर्म नै सर्वोपरि बनेर आएको देखिन्छ जीवनमा पनि । मानिसका कर्म र कर्मको फललाई उसभित्र विद्यमान चेतनाको स्तरले बाहिर ल्याएको हुुन्छ । यही कारण मानवीय भावनाको कदर मानिसका लागि उत्तम मार्ग पनि हो ।

मानिसलाई महान् र कमजोर बनाउने उसका कर्म हुुन् । ती कर्मका माध्यमबाट मानिसका सबै भावनाहरू बाहिर आाएका हुन्छन् । कर्म गरेर जीवनलाई सबल र अब्बल बनाउने जिम्मा मानिसमा विद्यमान भावहरू हुुन् । मानिसको जीवनलाई सुुमधर र व्यवस्थित बनाउन प्रयोग हुने कर्मले उसको जीवनपद्यतिलाई व्यवस्थित बनाएको हुुन्छ ।

गुुरुप्रति आस्था :
हिन्दी साहित्यका सन्त कबीरदासले गुुरुका सम्बन्धमा आफ्नो धारणालाई यसरी बताएका छन् :
गुुरु गोविन्द दोऊ खडे, काके लागू पाय ।
बलिहारी गुुरु आपने, गोविन्द दियो बताय ।।
गुुरु र भगवान एक ठाउँमा भएको अवस्थामा पहिले मैले कसलाई प्रणाम गर्ने । यो असमन्जसको अवस्थामा कबीर भन्छन् । मलाई गोविन्द वा ईश्वर चिनाएको गुुरुले हो । त्यसैले गुुरुभन्दा अघि भगवान हुन सक्दैनन् भन्ने कुरालाई कवीरको यो वाणीले बताएको छ । हामी हाम्रा आस्थाका केन्द्र गुरुलाई मान्छौँ । गुुरुले हामीलाई शिक्षा र दीक्षाको व्यवस्था गरेका हुुन्छन् । गुुरुप्रतिको आस्था र विश्वासले मानिसलाई ज्ञानमार्गमा डोहो¥याएको हुुन्छ । त्यसैले गुुरुप्रतिको विश्वास हाम्रो पहिचान हो । महाभारत भन्छ :
गुुरुणा चैव निर्बन्धो न कर्तव्य कदाचन ।
अनुुमान्यः प्रसाद्यश्च गुुरु क्रुुद्धो युुधिष्ठिर ।।
गुुरुसित कहिले पनि हठ गर्नु हुुँदैन । गुुरु अप्रसन्न हुुनुुहुन्छ भने उहाँलाई हरतरिकाले मान दिएर मनाउनु आवश्यक छ । यो भीष्मले युुधिष्ठिरलाई बताएका हुन् । गुुरुप्रतिको विश्वासले जीवनका हरेक समय सप्रिने हुनाले गुुरुलाई सदा सम्मान दिनुुपर्ने धारणा हाम्रा धर्मशास्त्रले निर्धारण गरेका छन् । हाम्रा आचार व्यवहारमा गुुरुको सबैभन्दा बढी हात हुने हुनाले गुुरुलाई जीवनका हरेक क्षणमा सम्मान दिनु आवश्यक मानिएको छ । यदि गुुरुप्रति सम्मान व्यक्त गर्न सकिएन भने शिष्यको भावना र उसको जीवनले सार्थकता नपाउने धारणालाई यहाँ उल्लेख गरिएको छ ।
सम्यङ्मिथ्याप्रैवृत्तेद्रपि वर्तिवत्यं गुुराविह ।
गुुरुनिन्दा दहत्यायुुर्मनुुष्याणां न संशय ।।
गुरुबाट प्रतिकूल अवस्थाको व्यवहार भए पनि उहाँप्रति हामीले उचित व्यवहार अपनाउनुुपर्दछ । गुुरुको निन्दाले मानिसको आयुुलाई समाप्त पारेको हुुन्छ । यही अवस्थामा भीष्मले गुुरुप्रतिको दृढ विश्वास युुधिष्ठिरलाई सुुम्पेका छन् । आस्था र विश्वासमा समर्पित हाम्रा परम्परालाई र आफूलाई शिक्षा दिने गुुरुप्रतिको भावनालाई जुुन तरिकाले यहाँ व्यक्त गरियो त्यो हाम्रो परम्परा र आस्थाको धरोहर मानिएको छ । यही धरोहरले हामीलाई आजसम्म जीवित राखेको छ ।

कर्मप्रतिको विश्वासमा रहेका हामी र हाम्रा भावना तथा आयुुको निर्धारित अवस्था पनि कर्मकै परिवेशमा गतिशील बनेर आएका हुुन्छन् । कर्मको विश्वासमा सदा समर्पित मानिस र उसका क्रियाले जुुन अवस्थाको सिर्जना गरेका छन् त्यसले मानिसलाई मानिसका रूपमा चिनाएको छ । शास्त्रबद्ध आचरण, कर्मप्रतिको विश्वास, गुुरुप्रतिको श्रद्धाले नै मानिस मानिस हुन्छ भन्ने कुरालाई महाभारतमा उल्लेख गरिएको छ ।

आजको स्थिति :
आज हामी प्रविधि र विज्ञानका दास बनेका छौँ । विज्ञानका माध्यमबाट संसारलाई जित्ने जमर्कोमा अनवरत रूपमा खटिएका छौँ । कर्मप्रतिको आस्था र विश्वास भए पनि कर्मलाई हामीले अर्थोपार्जनसित जोडेका छौँ । सकाम कर्म र त्यसले प्रवाह गरेको अर्थबाट जीवन चलाइरहेका छौँ । जीवनका हरक्षणलाई अर्थसँग जोड्ने हामी दास बनेका छौँ । हाम्रा परम्परा र आफूलाई जीवनमार्गमा समर्पित गराउने पितामाताप्रति अविश्वासको वातावरण सिर्जना गरिरहेका छौँ ।

गुरुप्रतिको आस्था दिनानुुदिन घट्दो छ । त्यसलाई जीवन्त बनाउन हामीले सकेका छैनौँ । हामीले पनि शिष्यप्रति गर्ने व्यवहारमा एकरूपता दिन सकेका छैनौँ । यही कारणले गुुरु र शिष्यका बीचमा देखिने अन्तरालले हामीलाई असल बनाउन सकेको छैन । गुुरुप्रतिको आस्था, शिष्यप्रति सद्भाव, कर्मप्रति विश्वास आजका मानिसको आवश्यकता हो । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा मुुनामदनको अन्तिम हरफमा भन्छन् कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद । यही हो कर्मप्रतिको विश्वास र आस्थाको केन्द्र ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?