सिजीनेट जोडी र सिजी ग्राण्ड जोडी अफर

Read Time = 3 mins

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजीनेटले स्काई कमसँगको सहकार्यमा बहुप्रतिक्षित आइपिटिभी सेवा सिजीनेट जोडी योजना सुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजीनेट मेगा जोडी र सिजीनेट ग्राण्ड जोडी अफर शुभारम्भ गरेको हो । सेवा सञ्चालनसँगै अब ग्राहकले सिजीनेट र आइपिटिभी दुवै सेवा लिन सक्नेछन् । आइपी टिभीअन्तर्गत दुई सय ५७ च्यानल उपलब्ध हुनेछन् भने ती च्यानलमध्ये एक सय २५ वटा एचडी र एक सय ३२ वटा एसडी च्यानल हुनेछन् ।

तीमध्ये ५० बढी इन्टरटेन्टमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्ट्स च्यानललगायतका च्यानल रहने कम्पनीले जनाएको छ । जसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, पाँच कलर च्यानल, १० जी नेटवर्कलगायत रहेका छन् । सिजीनेटले ग्राहकका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय सिजीनेट जोडी सेवा सुरु गरेको जनाएको छ ।

सिजीनेट जोडी प्याकेज त्रैमासिक र वार्षिकरूपमा उपलब्ध हुनेछन् । स्प्रिन्टर जोडी (८० एमबिपिएस प्लस आइपिटिभी) को प्रतिमहिना आठ सय १०, पपुलर जोडी (१५५ एमबिपिएस प्लस आइपिटिभी) को १० हजार ५५ र रकस्टार जोडी (३०५ एमबिपिएस प्लस आइपिटिभी) को प्रतिमहिना १३ सय ७४ शुल्क लाग्नेछ ।

त्रैमासिक योजनाअनुरूप स्प्रिन्टर जोडी ८० एमबिपिएस साथमा आइपीटिभीको २६ सय ४०, पपुलर जोडी एमबिपिएस साथमा आइपीटिभीको ३७ सय ५० र रकस्टार जोडी तीन सय पाँच एमबिपिएस साथमा आइपीटिभीको ९७ सय २० रुपैयाँ शुल्क लाग्नेछ ।

वार्षिक योजनाअनुरूप स्प्रिन्टर जोडी ८० एमबिपिएस साथमा आइपीटिभीको ९७ सय २०, पपुलर जोडी एमबिपिएस साथमा आइपीटिभीको १२ हजार छ सय ६० र रकस्टार जोडी तीन सय पाँच एमबिपिएस साथमा आइपीटिभीको १६ हजार चार सय ८८ रुपैयाँ लाग्नेछ । उक्त दरमा १३ प्रतिशत भ्याट जोडिनेछ भने सेटप बक्सका लागि ग्राहकले एक पटक २६ सय शुल्क तिर्नुपर्ने छ । सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?