लिमा । पेरुमा मंकीपक्सको संक्रमण समुदायस्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिनुभएको हो । उहाँले पेरुमा पछिल्लो समयसम्म २०३ जनामा यो संक्रमण पाइएको भन्दै यो संक्रमण समुदायस्तरमै फैलिएको बताउनुभएको छ ।
यी संक्रमितहरू अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाउनुभएको छ । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको संक्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ ।
सो संयन्त्रअनुरूप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घण्टाभित्रै दिने गरिएको उहाँले बताउनुभयो । यो संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरूलाई बताएनुसार ती संक्रमितहरूमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका छन् । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उहाँले जानकारी दिनुभयो । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच