किंग्स भलिबलको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक किंग्स क्लब अफ काठमाडौंले साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताका लागि २० साउनसम्म टोली दर्ता समय तोकिएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी दिनुभयो । २२ साउनमा खेल तालिका सार्वजनिक गरिनेछ ।

नेपाल भलिबल संघले स्वीकृति प्रदान गरिसकेको प्रतियोगिताको अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको छ । पुरस्कारमा मात्रै ४ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष अञ्चल शाही ठकुरीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले दुई लाख दुई हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक लाख एक हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

तेस्रो हुने टोलीले ५० हजार ५०० रुपैयाँ र चौथो हुनेले २२ हजार २०० रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले आठ हजार रुपैयाँ तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताका सबै खेलहरू नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?