हलिउड अभिनेत्री एनी हेचेको निधन

Read Time = 1 min

क्यालिफोर्निया । हलिउड अभिनेत्री एनी हेचेको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी हेचेको उपचारको क्रममा क्यालिफोर्नियाको एक अस्पतालमा निधन भएको हो ।

कार दुर्घटनमा गम्भीर घाइते हुनुभएकी ५३ वर्षकी अभिनेत्री एनीलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँ कोममा गएको अस्पतालले जनाएको छ ।

लस एन्जलसस्थित आफ्नो घरनजिक भएको कार दुर्घटनामा एनी गम्भीर घाइते हुनुभएको थियो । ‘आज हामीले एक उज्यालो प्रकाश, एक दयालु र सबैभन्दा आनन्दित आत्मा गुमायौं,’ उहाँको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन् । सन् १९९७ मा सार्वजनिक भएको चलचित्र ‘डोनी ब्रास्को’, ‘आइ नो हृवाट यू डिड लास्ट समर’का उहाँका लोकप्रिय चलचित्र हुन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?