रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ ।
बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा पत्रकार गौतम र कार्कीलाई जनही २५ हजार रुपैयां नगद राशीसहित २०७९ सालको पुरस्कार पुरस्कृत गरिएको हो । गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमाा कार्यरत हुनुहुन्छ । यसअघि यो पुरस्कार यमलाल भुसाल र माधव नेपालले प्राप्त गर्नुभएको थियो ।
यस्तै बैंकले उत्कृष्ट ग्रामीण शाखाका रुपमा अर्घाखांचीको खनदह शाखा र उत्कृष्ट शहरी शाखाका रुपमा नयां बानेश्वर शाखालाई पुरस्कृत गरेको छ । शाखा प्रमुखहरु क्रमशः सरोज पोखरेल र भुवन ढुंगेलले उत्कृष्ट शाखाको पुरस्कार ग्रहण गर्नुभयो ।
सो अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गरेको र आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि हरेक वर्ष ५० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार दिने गरिएको बताउनु भयो । पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु-याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताउनु भयो ।
बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंकका नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताउनु भयो । कोभिड महामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपालको बैकिङ क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पौडेलले अर्थतन्त्र लयमा फर्काउन बैंकिङ क्षेत्र सबल र सुदृढ हुनुपर्नेमा सरोकारवाला सबैको सकारात्मक साथ चाहिने बताउनु भयो ।
बैकिङ क्षेत्र कमजोर भयो भने मुलुकको अर्थतन्त्र पनि कमजोर हुनेतर्फ सबै सजग भई सकारात्मक सोंचले अघि बढ्न अध्यक्ष पौडेलले आग्रह गर्नु भयो ।
बैंकले चौधौं बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको, ग्रामीण क्षेत्रका विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम अन्तर्गत सरकारी विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान गरिएकोे अध्यक्ष पौडेलले बताउनु भयो ।
यस्तै युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यले रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न क्याम्पसमा अध्ययनरत २२५ भन्दा बढी विद्यार्थीहरुलाई उद्यमशिलता विकास तालिम प्रदान र आम सर्वसाधारणलाई डिजिटल साक्षरता र बैंकिङ साक्षरता सम्वन्धी कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको आर्थिक राजधानी भएकाले यो क्षेत्रका समस्या र समाधानका उपायबारे पत्रकारले खोजमूलक पत्रकारितालाई प्राथमिकता दिन सुझाए । उहाले रुपन्देहीका पत्रकारहरु निजी क्षेत्रका जायज मागको पक्षमा सधैं सकारात्मक रहेको बताउनु भयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पांच वटा विकास बैंकहरु मर्ज भएर शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताउनु भयो । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेका र बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको पनेरुले बताउनु भयो । सो अवसरमा पुरस्कृत पत्रकारहरु गौतम र कार्की तथा बैंकका ब्राण्डिङ हेड प्रभास राईले समेत आफ्ना भनाई राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच