गृहमन्त्री खाँण र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।

नेता श्रेष्ठलाई भेट्न गृहमन्त्री खाँण आज उहाँको निवास पुग्नुभएको थियो। सो भेटवार्तामा नागरिकता विद्येयकको विषयमा छलफल भएको बुझिएको छ ।

यसको अलावा राष्ट्रिय राजनीतिको बारेमा समेत कुराकानी भएको थियो । श्रेष्ठले सरकारले ल्याएको नागरिकतासम्बन्धी विद्येयकको बारेमा सार्वजनिक रुपमै आलोचना गर्दै आउनु भएको छ ।

उक्त विद्येयक प्रतिनिधिसभाबाट पारित भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज नै राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?