केसीलाई परिषद्को बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई बुधबार एक कार्यक्रमका बीच सदस्य-सचिव टंकलाल घिसिङले खादा, अबिर र मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै सदस्य-सचिव घिसिङले केसीको आगामी दिनका लागि शुभकामना दिँदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ अगाडि बढ्ने कर्मचारीका रूपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले केसीको अनुभवलाई उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

खेलकुद विकास विभागका प्रमुख रहनुभएका केसी २०४७ असोज ९ गते नायब सुब्बाका रूपमा परिषद्को प्रशासनिक सेवामा प्रवेश गर्नुभएको थियो । परिषद्अन्तर्गत विभिन्न शाखा तथा विभागमा रहेर काम गर्नुभएका केसीको २०५४ असोज १५ गते अधिकृतमा बढुवा भएको थियो । यस्तै २०६३ पुस २१ गते द्वितीय श्रेणीमा बढुवा हुनुभएका उहाँ २०७९ असार १२ गते प्रथम श्रेणीमा बढुवा हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?