सिर्जना र संगीता अन्तिम १६ मा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ नखिपोटकी सिर्जना म्याम्बो र भोजपुरकी संगीता तामाङ अन्तिम १६ मा स्थान बनाउन सफल हुनुभएको छ ।

म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१-१६, २१-१० ले तथा संगीताले बालाजुकी मनु वाइबालाई २१-१८, २१-१७ ले परजित गर्नुभयो । यस्तै बाइसिबिसीकी सुप्रिया मगरले काभ्या स्कुलका अस्मिता सिंहलाई २१-७, २१-५ ले, काठमाडौं की सिर्जना तामाङले नुवाकोटकी अस्मिता रिमाललाई २१-८, २१-५ ले पराजित गर्नुभएको छ ।

सुर्खेतकी अग्रिमा भण्डारीले पोखराकी आकृति केसीलाई २१-१९, २०-२२, २२-२०, ललितपुरकी सुपला बज्राचार्यले नुवाकोटकी आयुशा प्याकुरेललाई २१-१६, १७-२१, २१-९ ले, पाँचथरकी रिना तामाङले कीर्तिपुरकी टिना महर्जनलाई २१-४, २१-२ ले, स्पोर्टस् ग्यालेक्सीकी सुनिता शर्माले काभ्या स्कुलकी एक्मे अवालेलाई २१-१, २१-१ ले, धादिङकी बबिता पुरीले पोखराकी अनु रानालाई २४-२२, २१-११ ले पराजित गर्नुभयो ।

बुटवल ब्याडमिन्टनकी पूजा विष्टले सुर्खेतकी दीपिका तिमल्सिनालाई २१-८, २१-१७ ले, नखिपोटकी अंजी पुलामीले ललितपुरकी कलिशा शाहीलाई २१-५, २१-५ ले, सुर्खेतकी निरुता शाहीले १६ फिदरकी अजरिंका शेरचनलाई २१-७, २१-११ ले तथा सोलुखुम्बुकी पूजा मगरले धादिङकी निष्ठा श्रेष्ठलाई २१-१८, २१-१४ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनुभयो ।

शीर्ष २० देखि बाहेकका पुरुष युगल खुलातर्फ आयोजकका रविन खड्का र लाक्पा तामाङको जोडीले लक्ष्मी राई र प्रविन राईको जोडीलाई २१-१८, २१-१७ ले तथा धर्मस्थलीका किरण कार्की र राजन श्रेष्ठको जोडीले बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ३२ मा स्थान बनाउनुभयो ।

यस्तै नारायणथानका डेभिड खालिङ र अर्जुन राईको जोडीले सूर्यदर्शनका अमर डंगोल र स्पन्दन श्रेष्ठको जोडीबाट वाक ओभर, नखिपोटका अस्मिन गुरुङ र नेल्सन राईको जोडीले टिआइबिसीका हिम केसी र पंकज पौडेलको जोडीलाई २२-२०, २१-११ ले, सोलुका श्यांग्बो बस्नेत र आशिष खनालको जोडीले बनेपाका सानोबाबु गोले र काठमाडौंका किरण थापाको जोडीलाई २३-२१, २१-१० ले पराजित गर्नुभयो ।

प्रतियोगिताको स्थानीय पुरुष युगलतर्फ आयोजकका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । यस्तै टोखाका वासु बोगटी र शिशिर ठकुरीको जोडी, आयोजकका अमृत पञ्चकोटी र विश्वराम श्रेष्ठको जोडी, भरतकुमार खत्री र पञ्चराम तामाङको जोडी, आयोजकका दिवस खड्का र रविन खड्काको जोडी, बालाजुका सन्तोष दाहाल र चन्दन घलेको जोडी, आयोजकका जेवी राई र सनबहादुर साम्बाको जोडी, काठमाडौंका साङ्बु शेर्पा र प्रचण्ड श्रेष्ठको जोडीले पनि अन्तिम १६ मा स्थान बनायो ।

टोखाका अनिल मल्ल र नारायण श्रेष्ठको जोडी, आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडी, सचिन राई र टक रानाको जोडी, आयोजकका श्याम तामाङ र पुष्प थापाको जोडी, तिनचुलीका ज्योति लामा र प्रेम लामाको जोडी, काठमाडांैका रूपाल बादे र दिपक खड्काको जोडी, आयोजकका ज्ञानु गिरी र किशोर राईको जोडी तथा छिरिङ लामा र अश्मिल शाहीको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

यस्तै ४५ माथिको पुरुष युगलमा जेष्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी, टिआइबिसीका हिम केसी र सुशील पौडेलको जोडी, ललितपुरका पूर्णभक्त चित्रकार र राजु थापाको जोडी, टोखाका कान्छानारायण महर्जन र मानकाजी श्रेष्ठको जोडी, आयोजकका सुरेनबहादुर आले र लाक्पा शेर्पाको जोडी, धादिङका कमल रोकाया र रामसिंह तामाङको जोडी, खुस गुरुङ र मनबहादुर रानाको जोडी, न्युरोडका सुरेन्द्र बुढाथोकी र दत्त थापाको जोडी, सामाखुसीका अनराम छन्त्याल र टिका थापाको जोडीले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।

प्रतियोगितामा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यु-१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीयस्तरको हुनेछ ।

करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान सात हजार ५०० हात पार्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान पाँच हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यु-१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान पाँच हजार रुपैयाँ हात पार्नेछन् । स्थानीयस्तरको विजेताले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले समान चार हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?