लुम्बिनी प्रदेशको स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन २०८० तयार

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ ।

स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरि अन्तिम रुप दिइएको छ । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताउनु भयो ।

चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरुबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शन माथि छलफल गरीएको हो । छलफलबाट अन्तिम रुप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्री स्तरीय निर्णयबाट स्विकृत गरि कार्यान्वयनमा ल्याइने छ ।

स्वास्थ्य सचिव डा. जर्नादन पन्थीको अध्यक्षतामा भएको परामर्ष बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुनेगरि मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताउनु भयो । मन्त्री खनालले चालु आर्थिक वर्षका कार्यक्रममा तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागी निर्माण हुन बाँकी रहेका कार्याविधि एक साता भित्र निर्माण गर्न निर्देशन दिदै मन्त्री खनालले योजाना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाई नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखी सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनु भयो ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरि दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालहरुबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरि १५७ वटा कार्यक्रमको मार्गर्दशन तयार भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?