मुम्बई । बलिउड स्टार सलमान खानले बिग बोसको १६औं सिजन चाँडै सुरु गर्ने तयारीमा हुनुहुन्छ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गर्नुभएको छ । उहाँले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होष्ट गर्ने बताउनु भएको छ ।
‘बिग बोस १५’ होष्ट गर्नका लागि सलमानले ३५० करोड भारु लिनुभएको थियो । नयाँ सिजनका लागि सलमानले निर्मातासँग १ हजार ५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ । तर निर्माताबाट त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई पुगेको छ । अहिले आएर ओभरसिज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि आठ सय करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गर्नुभएको छ ।
कार्यक्रममा सहभागी हुने प्रतियोगीको बारेमा पनि केही नामहरू बाहिर आएका छन् । जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ । धेरै रियालिटी शोमा देखिइसक्नुभएको छ । दिव्यांकाले ‘बिग बोस १६’मा पनि पाइला राख्न सक्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार दिव्यांकालाई शोका लागि अप्रोच गरिएको छ । यससँगै दिव्यांका र निर्माताबीच शोलाई लिएर कुराकानी पनि भइरहेको छ । यसबाहेक जन्नत जुबैर, ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको भूमिकी निभाएका शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा छ । यद्यपि यसबारे आधिकारिक जानकारी भने आएको छैन ।
ज्यानमार्ने धम्कीपछि बुलेटप्रुफ गाडी खरिद
अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ । हालैमात्र सलमानलाई पञ्जावी गायक सिद्धु मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोइबाट ज्यानको धम्की आएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गर्नुभएको थियो ।
सलमानले हालैमात्र आफ्नो सुरक्षाका लागि बुलेट प्रुफ गाडी किन्नुभएको छ । उहाँले आफू चढ्दै आएको ल्याण्डरोभर गाडीको सा सेतो रंगको बुलेट प्रुफ गाडी किन्नुभएको हो । उहाँले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँड्ने गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच