बेइजिङ । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा १०० अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बिआरआईको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त घोषणा गर्नुभएको हो ।
बिआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सीको केन्द्रीय स्तम्भ हो । जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् । तर, गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ ।
बिआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट-इम्पोर्ट बैंकले अतिरिक्त १०० अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सीले बुधबार घोषणा गर्नुभयो । उहाँले दुवै बैंकले बिआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर)को वित्तीय अवसर स्थापित गर्ने बताउनुभयो । उहाँका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिनेछ ।
सन् २०१३ मा बिआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा १३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच