पिएसजीलाई सुपर कपको उपाधि

Read Time = 3 mins

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्वन्द्वी नान्टेसमाथि ४-० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो ।

ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राती भएको खेलमा पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले गोल गर्नुभयो ।

खेलको २२औँ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । मेस्सीले डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै सहजै गोल गर्न सफल हुनुभएको थियो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको पाँचौँ मिनेटमा नेयमारले फ्रिकिकमार्फत् गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो ।

५७औँ मिनेटमा रामोसले तेस्रो गोल गर्नुभयो । ८१औँ मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नेयमारलाई पेनाल्टी बक्समा फउल गरेपछि जिन चार्लेस कास्टेलेटोलाई रेफ्रीले सिधै रातो कार्ड दिँदै मैदानबाहिर पठाउनुभएको थियो । त्यसमै प्राप्त पेनाल्टीलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई च्याम्पियन बनाउनुभयो ।

गत सिजनको उपविजेता पिएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको छ । पिएसजी गत सिजन मार्सेसँग पराजित भएको थियो । त्यसअघि पिएसजी २०१३ देखि २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । नान्टेस पाँचपटक फाइनलमा प्रवेश गर्दा तीनपटक च्याम्पियन बनेको छ । फ्रान्समा नयाँ सिजन सुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डी फ्रान्स च्याम्पियनबीच वार्षिकरूपमा सुपर कप खेल्ने प्रावधान छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?