पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

चितवन । अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

मौरीपुलको पहिरो सफा गरेपछि बुधबार बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी चल्न सुरू भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।

अधिकारीका अनुसार मंगलबार राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको थियो ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?