विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मकवानपुर, बझाङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ फाखेलबाट करिब ४ केजी गाँजासहित नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबर प्रहरीले पक्राउ गरेको छ ।

बा ४२ प ६९८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब ४ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २३ वर्षीय आशिष विश्वकर्मा समेत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बझाङको बित्थडचिर गाउँपालिका-८ बागथलाबाट करिब १२ केजी चरेशसहित दार्चुला शैल्यशिखर नगरपालिका-१ बस्ने ४३ वर्षीय वीरेन्द्र बहादुर खडायतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२००१ ख १११९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?