बिन परियोजनासँग नबिलको सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा दिगो आवास निर्माणका लागि युरोपियन युनियनले सञ्चालन गरिरहेको बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) परियोजनासँग नबिल बैंकले सम्झौता गरेको छ । सम्झौताले नेपालमा दिगो तथा जलवायु अनुकूल भवनको डिजाइन तथा निर्माण प्रवद्र्धन गर्नेछ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र बिन परियोजना प्रमुख डेनियल नेयरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताले घरहरूको डिजाइन तथा निर्माणमा आवश्यक पर्ने वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हाल नबिल बैंकले ‘सस्टेनेबल हाउजिङ लोन’ उपलब्ध गराउँदै आएको छ । सम्झौतासँगै दिगो आवास क्षेत्र निर्माणमात्रै नभई निर्माण हुने घरमा नवीकरणीय ऊर्जा प्रयोगलाई समेत प्रवद्र्धन गर्ने बैंकले जनाएको छ । सन् २०४५ सम्ममा नेपालले शूून्य कार्बनोत्सर्जनको लक्ष्य पूरा गर्ने प्रतिबद्धता लिएको छ । नबिलले दिगो विकासका लागि विद्युतीय सवारीसाधन खरिद गर्दा कर्जा दिने र घर खरिद गर्दासमेत कर्जा दिने कार्य गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?