रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । रियलमीले नयाँँ पुस्तालाई लक्षित गरेर नेपालमा नयाँ दुईवटा स्मार्टफोन मोडल नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । सो अवसरमा रियलमीका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ । नार्जो एन ५३ रियलमीको हालसम्मकै सबैभन्दा स्लिम एन्ट्री-लेभल अल राउण्डर हो । यो फोन जति स्लिम छ, त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसका रूपमा स्मार्टफोन अनुभवलाई अझ सानदार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरका कारण यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टी टास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।’

कम्पनीका अनुसार ७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ मा रहेको छ जिबी र्‍यामलाई अर्को छ जिबीसम्म बढाउन मिल्छ । ३३ वाटको सुपर भोक चार्जिङसहित आउने फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्छ । अर्थात् फोन फुल चार्ज जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । यसमा शक्तिशाली ५० एमपीको एआई क्यामेरा रहेको छ ।

नार्जो एन ५५ मा पनि ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपी एआई क्यामेरा, मिडिया टेक हेलियो जी ८८ चिप सेट र १२ जिबीसम्म डाइनामिक ¥यामलगायतका विशेषता रहेका छन् । चार प्लस ६४ जिबीको नार्जो ५३ मोडलको मूल्य १५ हजार नौ सय ९९ र छ प्लस एक सय २८ भेरियन्टको मूल्य १८ हजार नौ सय ९९ रहेको छ । त्यस्तै, चार प्लस ६४ जिबीको नार्जो एन ५५ को मूल्य २० हजार चार सय ९९ र छ एक सय २८ भेरियन्टको मूल्य २४ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?