रसुवा । स्थानीय तहको निर्वाचनमा रसुवाका उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छानबिन पश्चात उजुरी रद्द गरिएको हो ।
जिल्लामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति साद लुइटेलका अनुसार एमालेका उम्मेदवारविरुद्ध कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले तथा कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए ।
तीन वटा सदस्य पदका लागि पनि उजुरी परेको थियो । ‘तीन सदस्य उम्मेदवारविरुद्ध पनि ३ वटा उजुरी आएको थियो,ु उनले भने, ‘यी पनि रद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका(१ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए ।
कांग्रेसबाट उम्मेदवारी बनेकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो ।
उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो ।
रसुवामा उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द
Read Time = 2 mins
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :