दक्षिण पश्चिम पाकिस्तानमा बिष्फोट : २ जनाको मृत्यु, १० घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

प्रान्तको खुजदार जिल्लामा मोटरसाइकलमा राखिएको इम्प्रोभाइज्ड बिस्फोटक पदार्थ बिस्फोट भएको प्रान्तका प्रहरीहरुले बताएका छन् । आक्रमणमा प्रहरीहरू भने सकुशल भए पनि घटनास्थल नजिकै इस्लामिक पर्व इद अल-फित्रको लागि किनमेल गरिरहेका सर्वसाधारणको मृत्यु र घाइते भएका थिए ।

घाइते महिला र बालबालिका सहित घाइतेहरुलाई अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?