काठमाडौं । पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधवराज खरेल निर्वाचित हुनुभएको छ । संस्थापक अध्यक्षसमेत रहनुभएका खरेल चौथो साधारणसभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, वरिष्ठ उपाध्यक्षमा गायक पूर्णबहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माइल’, द्वितीय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवं सञ्चारकर्मी कमलाकुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतीक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार राजन खरेल तथा सदस्यहरूमा राममणि ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’लगायत निर्वाचित हुनुभएको छ ।
समारोहमा संस्थाले वार्षिकरूपमा विभिन्न व्यक्तित्वहरूलाई गर्दै आइरहेको सम्मानलाई यो वर्ष पनि निरन्तरता दिएको छ । विभिन्न विधामा रहेर समाजमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । जसमा शारीरिक सुगठनका गोल्ड मेडलिष्ट खेलाडी सञ्जीव श्रेष्ठ, साहित्यकार अनु शाह, अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता शारदा श्रेष्ठ, सञ्चारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा, गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंहलगायतलाई सम्मान गरिएको थियोे । सम्मानित व्यक्तित्वहरूलाई राष्ट्रगानका रचनाकार ब्याकुल माइला, चलचित्र कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौला, संगीतकार राजु शाह, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गायक तथा पिम नेपालका सल्लाहकार सीताराम पोखरेल, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान र गायक तथा संगीतकार कन्हैया सिंह परियारले संयुक्तरूपमा सम्मान गर्नुभएको थियो ।
संस्थाका कानुनी सल्लाहकारसमेत रहनुभएका अधिवक्ता हरिबहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे र पत्रकार जीवन पराजुली निर्वाचन अधिकृत रहेको टिमले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गराएको थियो ।
संस्थाले राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड), पिम नेपाल फिल्म फेस्टिबललगायत राष्ट्रियरूपमा ख्याति कमाएका कार्यक्रमहरूको सञ्चालन गर्दै आइरहेको छ । विशेषतः नेपाली गीतसंगीत, कला, साहित्य, भाषा, संस्कृति र सम्पदाको प्रवद्र्धनमा संस्था क्रियाशील रहँदै आएको छ ।
सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, एनसिपिएका अध्यक्ष राजेन्द्र बजगाईं, भरत बमजन, जुगल डंगोल, सन्तोष श्रेष्ठ, निर्देशक ऋषि लामिछाने, सुचित्रा श्रेष्ठ, दिनेश पाख्रिन, रश्मी भट्ट, बबिता श्रेष्ठ, लव प्याकुरेल, देवेन्द्र पाण्डे, सञ्चारकर्मी कुवेर गिरी, डब्बु क्षेत्री, तुलसी गिरी भावुक, गीता अधिकारी, सानु श्रेष्ठ, सूर्य चन्द, रेडियोकर्मी हेम सुवेदी, कलाकार श्रीदेव भट्टराई, मोडल सनम कठायत, संगीतकर्मी ज्योति प्रकाश, राजेन्द्र पुरी, केन्जुमा सुब्बा, अमृत खाती, सामना साह, इञ्जिनियर रमेश शिवशंकर, व्यवसायी विशाल खड्का, सगरमाथा आरोही गीतकार पुरुषोत्तम सानु, फोटोग्राफर बद्री थापालगायतका विभिन्न प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहेको थियो । कार्यक्रम वरिष्ठ कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच