काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिनुभएको छ ।
मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको प्रष्टीकरण दिनुभएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो ।
आफूहरुलाई पूर्व सूचनाबिना चाडवाडको मुखमा उनीहरुले अहिले पनि आन्दोलन जारी राखेका छन् । वीर अस्पताल प्रशासनले भने स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको बताएको छ । तर, हटाइएका स्वास्थ्यकर्मी भने यसमा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतदेखि वीरका निर्देशक डा.सन्तोष पौडेलसमेतको मिलेमताे रहेको बताउँदै आएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको थियाे ।
देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ ।
कोरोना भाइरसको महामारीका बेला सरकारले २७६ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई करारमा राखेको थियो । कोरोना सकिएपछि हाल उनीहरूले नयाँ सर्जिकल भवनमा सेवा दिँदै आइरहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच