कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Read Time = 1 min

धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए । शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?