पहिलो टी-२० मा दक्षिण अफ्रिकाको जित

Read Time = 2 mins

लन्डन । दक्षिण अफ्रिकाले पहिलो टी-२० आई खेलमा आयरल्यान्डलाई २१ रनले पराजित गरेको छ । योसँगै दुई टी-२० आई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

जितका लागि २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो । आयरल्यान्डका विकेटकिपर लोर्कन टकरले ३८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनको इनिङ खेल्दै खेललाई रोमाञ्चक बनाउनुभयो ।

तल्लोक्रममा जर्ज डोकरेल २८ बलमा २ चौका र ३ छक्कासहित ४३ रनमा आउट हुनुभयो । ओपनर पउल स्टर्लिङ १८, कप्तान एन्डी बलबर्नी १४ र एन्डी म्याकबर्नी १० रनमा आउट हुनुभयो । दक्षिण अफ्रिकाका कप्तान केशव महराज, तबरेज शाम्सी र वेन पर्नेलले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि काउन्ट्री ग्राउन्ड ब्रिस्टोलमा टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले ५३ बलमा १० चौका र १ छक्कासहित ७४ रनको इनिङ खेल्नुभयो ।

त्यस्तै एडेन माक्ररमले २७ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको इनिङ खेल्नुभयो । युवा ब्याटर ट्रिस्टन स्टब्स ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट हुनुभयो । ड्वेन प्रिटोरियस ७ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहनुभयो । आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक दुई विकेट लिनुभयो । दोस्रो खेल शुक्रबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?