पहिरोका कारण दोलखाका विभिन्न स्थानका सयौं घरपरिवार बिस्थापित

Read Time = 4 mins

-गोकर्णप्रसाद भण्डारी
दोलखा । दोलखाको बिभिन्न क्षेत्रमा गएको पहिरो कारण सयौं घरपरिवार बिस्थापित बनेका छन् । जिल्ला प्रहरी कार्यलय दोलखाको तथ्याङ्क अनुसार दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ सिङटीमा २६ घर पहिरोको जोखिममा परेको छ भने सयौं संख्यामा स्थानीयहरु बिस्थापित भएका छन् ।

त्यस्तै तामाकोशी गााँपालिकाको मालुखोलामा गएको पहिरोले पनि रामबहादुर खड्का, टिकामाया गोले, लिलामाया दर्जि, गंगा बुढाथोकी, सुर्यबहादुर श्रेष्ठ,पपन गोले, मेग बहादुर श्रेष्ठ,योग श्रेष्ठ,नहन गोले,भुबन श्रेष्ठको घर बाढिले बगाएको छ भने १२ जनाको घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए । त्यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा पनि गत बर्ष देखिकै पहिराले १ सय भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् भने कालिन्चोक गाउँपालिका वडा नम्बर ७ कात्तिकेमा पनि दर्जनौ घर परिवार पहिरोको जोखिममा परेको बताईएको छ ।

त्यस्तै तामाकोशी गाउँपालिकामा मानेडाँडा टोल, झुले, जफे लगायतका स्थानहरुमा पनि पहिरोबाट स्थानीय बिस्थापित बनेका छन् । मेलुङ गाउँपालिकाको जोगिडाँडा, बाँसबोटे, साउनेटोल, कलकले,गोलेगाउँ,थामीडाँडा,लामाटार लगायतका स्थानहरुमा पनि पहिरोले दर्जनौं घरका स्थानियहरु बिस्थापित बनेको बताईएको छ । लगातार परेको बर्षाद्का कारण जिरी नगरपालिकामा २६ घर पहिरोबाट बिस्थापित बनेका छन् भने शैलुङ गाउँपालिकाको पोखरे, चिलाउनेखर्क,खोरन्डे,फलाटे,दाङटोल,पहरीखर्क,भैसे, तामचेत, लगायतका स्थानको दर्जनौ घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोबाट क्षत्ति पुगेका घरहरुका स्थानियहरुलाई स्थानीय सरकार र स्थानीय प्रशासनको समन्वयमा नेपाल रेडक्रस सोसाईटी लगायतका संघ संस्थाको सहयोगमा त्रिपालहरु बितरण गरि अस्थायी बस्ने प्रबन्ध मिलाएको छ भने कतिपय स्थानियबासीहरु सुरक्षित हिसाबले छिमेकीको घर र स्थानिय विद्यालयमा बसोबास गरिरहेका छन् । गएको बर्षदेखि नै गएको पहिरोका कारण कालिन्चोक गाउँपालिकाको सबै भन्दा ठुलो पहिरोमा बिस्थापित नागरिकहरुलाई सरकारी तवरबाट उचित ब्यवस्थापन नहुँदा नागरिकहरुले अत्यन्तै कष्टकर जिबनयापन गरिरहेको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सहदेब खड्काले बताउनु भयो । खड्काका अनुसार पहिरो रोकथामका लागि संघयि सरकार र प्रदेश सरकाले दीर्घकालीन योजनाका लागि बजेट बिनियोजन नभए सधै पहिरोको समस्या आईरहने उहाँको भनाई छ । दोलखाका गौरीशंकर गाउँपालिका, बैतेश्वरगाउँपालिका भिमेश्वर नगरपालिकामा पनि केहि स्थानियहरुको घरमा क्षति पुगेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?