बिआइबी कप सोमबारदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

ब्वाइजमा १३ तथा गल्र्समा १२ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसिए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गराउनुभयो । ब्वाइजमा टिआइए तथा गल्र्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुनुभयो । यसपटक दुवै सहभागी हुनुहुन्न । खेलहरू अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?