इंग्लिस प्रिमियर लिग : साउथह्याम्पटनमाथि टोटेनहमको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा टोटेनहमले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो।

टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल गरे ।

जितसँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ । साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २-१ गोल अन्तरले हरायो । न्युकासल युनाईटेडले नवप्रवेशी क्लब नटिङघम फरेस्टलाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।

त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?