बाल लेखिका पछाइको अग्रेजी उपन्यास ‘पोर्टल’को विमोचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाल लेखिका गीत पछाइको पोर्टल नामक अग्रेजी उपन्यासको विमोचन गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संचार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकासमन्त्री मेटमणी चौधरी, वरिष्ठ साहित्यकार माया ठकुरी र लेखिका पछाइले सयुक्तरुपमा उपन्यास विमोचन गर्नुभएको हो ।

सो अवसरमा मन्त्री कार्कीले सानै उमेरमा बौद्धिकस्तरको उपन्यास लेखन अन्य बाल प्रतिभाका लागि पनि प्रेरणाको स्रोत भएको बताउनुभयो । वरिष्ठ साहित्यकार ठकुरीले पुस्तक अग्रेजीमामात्र नभइ नेपाली भाषामा पनि ल्याउन सुझाव दिनुभयो ।

ब्रदर्श बुक्स पव्लिकेशसनद्धारा प्रकाशित पोर्टल उपन्यासको मूल्य दुइसय ५० रुपैयाँ रहेको छ । बाललेखिका पछाइ १२ बर्षिया हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?