अर्थमन्त्री महत अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक स्थगन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो । बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो ।

छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् ।

बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भन्नुभयो – ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडी फेरि सुचारु हुनेछ ।’

बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?