खेलाडीले फिटनेस टेस्ट पास गर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । प्रदेश नम्बर-१ को क्रिकेट टिममा पर्न सिनियर खेलाडीले अनिवार्यरूपमा फिटनेस टेस्ट पास गर्नुपर्ने भएको छ । प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ ले एक विज्ञप्ति निकाल्दै प्रदेश–१ को टोलीमा पर्न खेलाडीले अनिवार्य फिटनेस पास गर्नुपर्ने जनाएको छ ।

‘निकट भविष्यमा आयोजना हुने सम्पूर्ण राष्ट्रिय क्रिकेट प्रतियोगिताका निमित्त सिनियर पुरुष क्रिकेट खेलाडीहरूले राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनु अगाडि बन्द प्रशिक्षणको समयमा अनिवार्य २ केएम फिटनेस टेस्ट (यो-यो टेस्ट) पास गर्नुपर्नेछ ।

उक्त फिटनेस टेस्ट पास हुन असमर्थ खेलाडीहरूलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ को क्रिकेट टिममा समावेश गरिने छैन,’ संघका सचिव मनोज कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फिटनेस टेस्टअन्तर्गत २ किमीको दूरी फास्ट बलरले ८.१५ मिनेटमा, ब्याट्सम्यान र स्पिनरले ८.३० मिनेटमा पूरा गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?