उदिपुरस्थित पहिरोको बैकल्पिक व्यवस्था गर्न माग

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । डुम्रे वेसीशहर सडकखण्डअन्तर्गत पर्ने उदिपुरस्थित सडकमा गएको पहिरोको कारण व्यवसायीहरुले सामान ढुवानी गर्न कठिन भएको र बर्षातको समयमा अझै समस्या हुने भन्दै लमजुङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।

लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालद्वारा हस्ताक्षर गरी बुझाइएको उक्त ज्ञापनपत्रमा पहिरोका कारण यात्रुबाहक तथा मालबाहक सवारी साधनहरु आवतजावत गर्न समस्या भएको र बर्षाको समयमा उक्त समस्या अझै बढी हुने हुँदा बैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा मनाङ जिल्लासम्म पुग्ने उक्त सडक लामो समय बित्दा पनि दिर्घकालिन रुपको लागि सडक निर्माण गर्ने तथा बैकल्पीक सडक निर्माणमा सरोकारवाला निकासको ठोस पहल नहुनु दुखद् कुरा भएको बताइएको छ ।

बर्षातको समय अगावै सडक निर्माण तथा बैकल्पीक सडक निर्माण गरी जिल्लाका खाद्य सामाग्री तथा यात्रुहरुलाई आवतजावतको लागि सहज वातावरण सृजना गरिदिनको लागि प्रशासन कार्यालय मार्फत नेपालको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गम्भीर ध्यानआर्कषण गर्न चाहन्छौं, ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा विभिन्न बाहनामा सडक निर्माणको कार्य सम्पन्न नभए यसबाट उत्पन्न हुनसक्ने समस्याको जिम्मेवार सम्वन्धित निकाय हुने भनिएको छ ।

विगत दुई बर्षदेखि गएको पहिरोका कारण क्षति भएको सडक यतिका समयसम्म सडक निर्माण हुन नसक्दा ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको जिल्ला पछाडी परिरहेको उल्लेख गरिएको छ ।

पहिरो गई सडक अवरुद्ध भएको यति धेरै समय हुँदा पनि सरोकारवाला निकायहरुको ध्यान नजानु बिडम्वनाको कुरा भएको भन्दै हिउदको समयमा पनि सुख्खा पहिरो चलिरहने र दैनिक सडक अवरुद्ध हुने र केही डोजर लगाएर बाटो सुचारु गराए पनि आवत जावत गर्न ठूलो जोखिम रहेको उल्लेख गरिएको छ ।

यसैगरी पहिरोका कारण ठूला मालवाहक साधनहरु चल्न कठिन भएकोले सामानको अभाव हुने, ढुवानी लागत बृद्धी हुने गरेका कारण आम उपभोक्ता मर्कामा पर्ने उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?