काठमाडौं । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले उक्त सजाय सुनाएको हो ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
घाइते विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। हत्यालगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिनुभएको थियो। सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा बिहीबार न्यायाधीश भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् ।
यो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचित लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । हत्याको आरोप लागेका कोइरीलाई नेकपा एमालेले जनता समाजवादीबाट पार्टी प्रवेश गराउँदै टिकट दिएको थियो।
एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए। तर गत वैशाख १९ गते उनलाई निलम्बन गरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच