काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गते बस्ने बैठकमा चारवटा एजेन्डा थप गर्न केन्द्रीय सदस्य पेमा डोल्मा लामाले माग गर्नुभएको छ । एन्फा महिला समितिकी अध्यक्षसमेत रहनुभएकी लामाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सम्बोधन गर्दै पत्रसमेत बुझाउनुभएको हो ।
महासचिव किरण राईलाई बुझाएको पत्रमा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेन्डा थप्न माग गर्नुभएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित सातजनाले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने आफूहरूको निवेदनलाई बैठकमा एजेन्डाका रूपमा प्रवेश गराउनुपर्ने मागसमेत राख्नुभएको छ ।
बर्खास्तीको निवेदनलाई एजेन्डामा समावेश गर्न माग गर्नेमा उपाध्यक्षद्वय विराटजंग शाही, अर्का उपाध्यक्ष दीपक खतिवडा, सदस्यहरू महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, रविन्द्र चन्द ठकुरी र रमेश व्यञ्जनकार रहनुभएको थियो । सोही विषयका लागि यसअघि दुईपल्ट एन्फा बैठक स्थगित भइसकेको छ ।
साउन २ गतेका लागि बोलाइएको बैठक अध्यक्ष नेम्बाङ अस्वस्थ भएका कारण स्थगित भएको थियो । त्यसपछि साउन ५ गतेका लागि डाकिएको बैठक एजेन्डामा नै प्रवेश नगरी अध्यक्ष नेम्बाङले स्थगित गर्नुभएको थियो ।
गत असार ६ गते भएको एन्फा निर्वाचनले ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जना निर्वाचित हुनुभएको थियो । त्यसमध्ये दुई सदस्य पदका लागि चारजनाको मत बराबरी भएपछि विशेष साधारणसभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो । तर, बैठक बस्न नसकेका कारण उक्त साधारणसभाको पनि टुंगो लाग्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच