निर्णायक खड्का स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिप (जी-७) मा निर्णायकको भूमिका निर्वाह गर्नुभएका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किनुभएको छ । बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएका अशोक स्वदेश फर्किनुभएको हो । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म सञ्चालन भएको थियो ।

यस्तै साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल भएको थियो । दुवै विधा गरी अशोकले कुल ३३ खेलमा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । जुन प्रतियोगितामा एक सयभन्दा बढी राष्ट्रका चार हजार खेलाडीले भाग लिएका थिए । यस्तै प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्समा पनि अशोक सहभागी हुनुहुन्थ्यो ।

वैशाखयता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको यो पाँचौँपटक हो । यसअघि उहाँले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?