‘बगान’ को टिजर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’को टिजर सार्वजनिक गरिएको हो । यही २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ ।

एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई ‘बगान’को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकार सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । स्वप्न नीरवको कथामा आधारित रही बनेको चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गर्नुभएको हो ।

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ । चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहले गर्नुभएको छ यो चलचित्रमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?