एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

Read Time = 2 mins

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

हावाहुरीसहितको अत्याधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियाे ।

आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको थियो। ओलीको आकस्मिक अवतरण भएपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुग्नुभएको थियो ।

करिब आधा घण्टा विमानस्थलमै रोकिएपछि ओली रौतहट प्रस्थान गर्नुभएको छ ।

रौतहटको गौरमा आज एमालेले सभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?