बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक जारी

Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदल बैठक यतिबेला जारी छ ।

कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजेदेखि सुरु गर्ने तयारी थियो । तर, निर्धारित समय भन्दा केही समय ढिलाई गरेर बैठक सुरु भएको छ ।

साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको थियो ।

अहिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । काँग्रेसका केही नेताहरुले १०० सिट पाउनु पर्ने दाबी गरिरहेका छन् । यस्तै, अन्य दलहरुले भने ८० देखि ८५ सम्म सिट दाबी गरेका छन् ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की हुनुहुन्छ । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?