गायिका पूर्णिमा लामाको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आवाज भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् ।

लामो समयसम्म आफ्नो गीत नआउनुको कारण खुलााउँदै उनले आफू केही वर्षदेखि घाँटीमा समस्या भएकोले चिकित्सकको सुझावअनुसार रेस्ट गरेर बसेको जानकारी दिइन् । अब फेरि आफू गीत संगीतमै फर्किएको जानकाकरी दिएकी उनले ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ पनि दर्शक र स्रोताले माया गरिदिएर आफूले हौसला दिने विश्वास व्यक्त गरिन् ।

‘धेरै माया नगर्नु यहाँ कसैलाई’को रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा भएको हो भने ध्वोनी सम्पादन खडका बाजुरालीले गरेका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?