कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका-१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच