सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको दोस्रो बैठक बस्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिनुभयो । पहिलो बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिनुभएको थियो ।

कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई/दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ।

यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् । सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?