परियोजना बैंकको मार्गदर्शन तयार

Read Time = 2 mins

काठमाडौं । लगानी बोर्डले स्थापना गर्ने परियोजना बैंकको मार्गदर्शन तयार गरी सरकारलाई बुझाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त प्रतिवेदन बुझाउनुभएको हो । प्रधानमन्त्री देउवा र भट्टबीच साउन ३२ मा आर्थिक वर्ष २०७८/०७९ का लागि ४२ वटा क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।

लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बा परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादित कार्यको प्रगति विवरण समेटिएको प्रतिवेदनमा तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको भट्टले बताउनुभयो । भट्टका अनुसार गत आवमा एक खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंकसम्बन्धी मार्गदर्शनका साथै परियोजनाको अनुगमनसम्बन्धी ड्यास बोर्डसमेत तयार भएको छ ।

त्यसैगरी पश्चिम सेती तथा सेती नदी संयुक्त जलविद्युत् परियोजना विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको, माथिल्लो कर्णाली जलविद्युत्को वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्न भएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिको तुलनात्मक विश्लेषणसम्बन्धी अध्ययन प्रतिवेदनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?