टोयोटा ट्रिम कार आर्ट प्रतियोगिता विजेता निकिता

Read Time = 3 mins

काठमाडौं । टोयोटा कम्पनीले १५औँ ‘टोयोटा ड्रिम कार आर्ट’ प्रतियोगिताको विजेता घोषणा गरेको छ । प्रतियोगिताका विजेता काठमाडौंस्थित सेन्ट जेभियर कलेजमा ए लेभल अध्ययनरत बुटवलकी निकिता भट्टराईले अमेरिकी डलर तीन हजार पुरस्कार पाउनुहुने भएको छ । निकितालाई टोयोटा जापानले तीन हजार अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गर्ने भएको हो । विश्वभरका करिब पाँच लाख ३० हजार प्रतिस्पर्धीका चित्रमध्ये निकिताको उत्कृष्ट भएको हो । सबै समूहमा गरी २४ वटा चित्र विजयी भएका छन् ।

चित्रकलामा विशेष रुचि राख्ने निकिता पाँच महिनाअघि टोयोटाद्वारा आयोजित प्रतियोगितामा सहभागी हुनुभएको थियो । टोयोटाले विश्वभर संस्थागत सामाजिक उत्तरदायित्वका धेरै कार्यक्रम गर्दै आएकोमा चित्रकला प्रतियोगिता पनि एक हो ।

कम्पनीले सन् २००४ देखि चित्रकला प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । संसारभरका बालबालिकालाई खुसीको अनुभूति गराउन र सपना देख्न महत्व दिन सक्ने लक्ष्यका साथ प्रतियोगिताको परिकल्पना गरिएको कम्पनीले जनाएको छ । निकिताले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स बेस्ड कार नामक चित्र उत्कृष्ट भएको जनाउँदै नेपालस्थित टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिहीबार विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरेको छ ।

विश्वका ७८ देश सहभागी प्रतियोगिता तीन उमेर समूहका लागि लक्षित हुन्छ । सोमध्ये छ वर्ष, सातदेखि १२ वर्ष र १३ देखि १५ वर्ष समूहले भाग लिन पाउँछन् । कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेशकुमार यमको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?