आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ ।

काठमाडौंमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २२० जना युवा सहभागी हुनेछन् । ७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

शुक्रबार, शनिबार र आइतबारसम्म चल्ने सम्मेलनको नारा उद्यमी युवा समृद्ध देश स् दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने तय गरिएको परिषद्ले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?