डर्टमुन्डको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ । युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो ।

डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सले सान्त्वना गोल गरे ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंकसहित तेस्रो स्थानमा छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?