साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना : प्रम देउवा

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले र त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरूका गठन गरी काम गरिरहेको स्मरण गराउनुभयो ।

प्रतिभा राणाद्वारा लिखित ‘गहिर्‍याई’ र ‘कर्टेन अफ माया’ नामक कविता संग्रहको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उहाँले पुरुष वर्चश्व रहेको नेपाली साहित्यमा महिला साहित्यकारहरूको उपस्थिति बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनीहरूलाई अझै प्रोत्साहित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले नाताले सासुआमा भए पनि राणाले कविता लेख्नुहुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साहित्य, कला, संगीत कुनै पनि मुलुकको गहना हो । साहित्य, कला, संगीताविना समाज र देश पूर्ण हुन सक्दैन । त्यसैले सरकारले साहित्य, कला तथा संगीत क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरेर कामहरूलाई अगाडि बढाइरहेको छ ।’ उहाँले पुरुष साहित्यकारहरूको वर्चश्व भएको नेपाली साहित्यमा आजको दिनमा महिला साहित्यकारहरूको उपस्थिति बढ्दै गइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘यो खुशीको कुरा हो । आगामी दिनमा महिला साहित्यकारहरूको उपस्थिति बढाउन उनीहरूलाई प्रोत्साहित गर्दै लैजानुपर्दछ । साहित्यकार प्रतिभा राणाका कविता संग्रहहरू कलात्मक र रोचक छन् ।’

प्रधानमन्त्री देउवाले राणाका दुवै कवितासंग्रह मानवीय भावनालाई रोचक र कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको अनुभूति आफूलाई भएको स्पष्ट पार्नु भयो । कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिक र समाजसेवीको पहिचानसमेत बनाउनुभएकी साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरूले दुईवटा कवितासंग्रहको जन्म गराएको बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?