करेन्ट लागेर एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । विर्तामोड नगरपालिका-७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?